नियम ८५
परामर्शदाता (कन्सलटेन्सी) तथा जनरल सेल्स एजेन्ट सेवा प्रदान गर्न अनुमति लिनुपर्ने

र्( े १) प्रचलित कानून बमोजिम इजाजत प्राप्त संस्थाले हवाई उड्डयन सम्बन्धमा परामर्शदाता वा जनरल सेल्स सेवा सञ्चालन गर्न चाहेमा त्यस्तो सेवा सञ्चालन गर्नको लागि महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा महानिर्देशकले कुनै शर्त तोकी वा नतोकी त्यस्तो व्यक्ति वा संस्थालाई परामर्शदाता वा जनरल सेल्स एजेन्ट सेवा प्रदान गर्न अनुमति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिईने अनुमति वापतको शुल्क अनुसूची– १ मा उल्लेख भए बमोजिम हुनेछ ।
(४) यो नियमावली जारी हुनु पूर्व सञ्चालनमा आएका संस्थाहरुले यो नियमावली लागू भएको ५ महिना भित्र अनुमति लिई सक्नु पर्नेछ ।